फेवाबजारको माघ स्किममा ५ हजारसम्म जित्न सकिने

आर्थिक आवाज
पोखरा, ५ माघ । अनलाइन सपिङ स्टोर फेवाबजार डटकम इ–कमर्सले माघ महिनाको स्किम शनिबार सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक गरिएको स्किम अनुसार फेवाबजार डटकममा सपिङ गर्दा ५० रुपैयाँदेखी ५ हजारसम्म जित्न सकिनेछ । फेवाबजार डटकमले शनिबार पत्रकार सम्मेलन गर्दै रु १ हजार भन्दा माथिको खरिदमा ५ हजारसम्म स्क्रयाच कुपनमार्फत जित्न सकिने जनाएको हो । फेवाबजार डटकमका अध्यक्ष सुजन आचार्यका अनुसार स्किम माघ ५ गतेदेखी शुरु भएको छ भने १७ गतेसम्म लागू हुनेछ । फेवाबजार डटकमले हरेक महिनाको ५ गतेदेखि १७ गतेसम्म नयाँनयाँ स्किम ल्याउने गरेको छ ।

फेवाबजारले विभिन्न ब्राण्डका जुत्ताहरुमा २० प्रतिशतसम्म छुट, गोनेका इलेक्ट्रोनिक्सका टिभी, वासिङ मेसिन, रुम हिटरलगायतका सामानहरुको खरिदमा २५ प्रतिशतसम्म छुट, होम ग्लोरीका विभिन्न होम एप्लान्सेसहरुमा १५ प्रतिशत छुट, कपडामा २५ प्रतिशत छुट रहेको जनाएको छ ।

त्यस्तै, कला साहित्यका पुस्तकहरुमा १५ प्रतिशत छुट, एचटिसी मोवाइलमा ३० प्रतिशत छुट, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक्स सामानहरु जस्तै एसी, टिभी, ल्यापटप, मोवाइल, फ्यान, हिटर, आइरनलगायतमा २५ प्रतिशत छुट रहने फेवाबजार डटकमका अध्यक्ष सुजन आचार्यले जानकारी दिए ।

उपभोक्ताहरुको व्यस्ततालाई मध्यनजर गर्दै घर घरमै सम्पूर्ण उपभोग्य सामाग्री पु¥याउने हेतुले फेवाबजार डटकमले पोखरा १६ द्वीपमा कार्यालय राखेर सेवा सुरु गर्दै आएको छ । यस बजारले ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसनलगायतका सबै प्रकारका सामान अनलाईनमा अर्डर लिएर घर÷घरमा पु¥याउने गर्दछ ।

You might also like

Comments are closed.