फेवाबजारले ग्राहकको कोरोनामा विमा गर्ने

 

पोखरा ।

फेवा बजार डटकम ईकमर्सले उपभोक्ताकोपनि कोरोना विमा गरिदिने भएको छ । हेड अफिस पोखरा र कर्पोरेट अफिस काठमाडौंबाट देशैभर होम डेलिभरीको सेवा दिइरहेको फेवा बजार डटकम ईकमर्सले फेवाबजारबाट सामान खरिद गर्ने ग्राहकहरुको १ लाख बराबरको निःशुल्क कोरोना विमा गरिदिने भएको हो । कोरोना विमा गर्नका लागि न्यूनतम ५ हजारको सामान खरिद गर्नुपर्ने फेवाबजार डटकम ईकमर्सका सञ्चालक तथा कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए ।

कोरोना विमाका लागि सगरमाथा ईन्सुरेन्ससँग सम्झौता भइसकेको फेवाबजार डटकमले जनाएको छ । कोरोनाका कारण विश्व नै आक्रान्त छ, ‘उनले भने,‘यसलाई रोकथाम र नियन्त्रणसँगै उपचार त गर्नैप¥यो, त्यसका अलावा कोरोना लागिहालेमा थप आर्थिक नोक्सानी नहोस् भन्नका लागि हामीले कोरोना विमा गर्ने ब्यबस्था गरेका हौं ।’ सामाजिक उत्तरदायित्व बहनसँगै उपभोक्ताको हित होस् भन्ने उद्धेश्यले कोरोना विमा गरिएको उनको भनाई छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९)का कारण देशमा लकडाउन जारी रहँदापनि फेवा बजार डटकम ईकमर्सले होम डेलिभरी सेवालाई जारी राखेको जनाएको छ । आफूहरुले उपभोक्ताले अर्डर गरेका अत्यावश्यक सामग्रीहरु घर÷घरमै पु¥याइरहेको कार्यकारी निर्देशक आचार्यले जानकारी दिए । उनले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, दमौली, डुम्रे, बागलुङ, लेखनाथलगायत क्षेत्रका कार्यालयबाटपनि चौविसै घण्टा सेवा निरन्तर दिइरहेको बताए ।

फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने उनले जानकारी दिए ।

यसअघी फेवाबजारले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा कहिले चिनी त कहिले इयर फोन दिदै आएको थियो । त्यस्तै फेवाबजारले हरेक महिनाको ५ गतेदेखि १७ गतेसम्म विभिन्न अफरसमेत दिदै आएको थियो ।

फेवाबजार डटकम ईकमर्समा किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ । फेवाबजार डटकम ईकमर्सले पोखराको दीपचोकमा मुख्य कार्यालय र कर्पोरेट अफिस काठमाडौं र देशको मुख्यमुख्य सहरहरुमा कार्यालय बिस्तार गरेर देशभर सेवा दिइरहेको छ ।

You might also like

Comments are closed.