फेवासिटी हस्पिटलको अध्यक्षमा गुरुङ

आर्थिक आवाज
पोखरा, ७ पुस । फेवा सिटी हस्पिटल पोखराको अध्यक्षमा चेतबहादुर गुरुङ चयन भएका छन् । हस्पिटलको सातौं साधारणसभाले सर्वसम्मत नेतृत्व चयन गरेको हो । सदस्यमा प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ, डा ध्रवबहादुर अधिकारी, डा. सुरेश थापा, डा. जयबहादुर खत्री, दीनेशबाबु खड्का र सर्वजित अधिकारी चयन भए ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा, निवर्तमान अध्यक्ष डा. भोजराज न्यौपाने, निर्वाचन संयोजक अधिवक्ता कमलप्रसाद अर्याल लगायतले बोलेका थिए । भोजराज न्यौपाने भन्दा अगाडि पनि चेतबहादुर गुरुङ अस्पतालको अध्यक्ष थिए ।

You might also like

Comments are closed.