फेवा किनारमा सुरु भयो ‘आइएमई नेपाल साहित्य महोत्सव’

आर्थिक आवाज
पोखरा, ७ पुस । पोखराको फेवाताल किनारमा ‘आइएमई नेपाल साहित्य महोत्सव’ सुरु भएको छ । आइएमई ग्रुपको मुख्य प्रायोजन तथा बुक वार्म फाउन्डेसनको आयोजनामा सुरू सााहित्य महोत्सव ४ दिनसम्म चल्नेछ । महोत्सवको शनिबार एक कार्यक्रमका बीच प्रमुख अतिथि शिक्षाविद जर्ज जोन र डा. एलियामा जोनले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले साहित्य महोत्सवले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए । ‘साहित्यिक पर्यटनको विकासमा महोत्सवले योगदान पुग्नेछ,’ उनले भने ।

कार्यक्रममा बोल्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले साहित्यिक महोत्सवसँग आइएमईले सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । महोत्सवको उद्घाटन कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.