फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पहारीको घोषणा

पोखरा, १० माघ ।
कास्कीबाट प्रदेश न ४ का सांसद एबम युबा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिब पाहारीले फेवा ताल संरक्षणको काम शुरु भएको घोषणा गरेका छन् । प्रदेश चारको पर्यटन र समग्र बिकासको आशा र भरोसाको रुपमा रहेको फेवा ताल अब कुनै पनि वहाना र प्रपंचको खेलमा पर्न नदिने भन्दै उनले अब आफु ज्यान फालेर भएपनि सो तालको आकार बढाउँन लागि पर्ने उद्धघोष गरे ।

पाहारीले सो कुरा बुधबार पोखरामा बिशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि बताएका हुन् ।. फेवाको आकार बढाउने काम सपथ लिएको एक हप्तामा शुरु गर्ने बताएका पहारीले केहि पेपर र कानुनी प्रक्रिया शुरु भएको भन्दै अब कुनै कसर बाकि नराखी स्थानीय तह ,प्रदेश सरकार र केन्द्रीय सरकारसंगको सहकार्यमा सरोकारवाला निकायको सहभागितामा अब पहिलेकै फेवा बानाउने बताए ।

उनले अब हुने प्रदेश संसद्को पहिलो बैठकमा आफुले फेवाताल संरक्षण सम्बन्धि अति जरुरी सार्बजनिक महत्वको प्रस्ताब दर्ता गर्ने भन्दै सो प्रस्ताब दर्ता पछी अझ बढी काम गर्ने फराकिलो बाटो बन्ने बताउदै कुनै राजनीतिक एबम अन्य आग्रह पूर्वाग्रह बिना सो कार्य सम्पन्न गराएरै छाड्ने उनको जिकिर थियो ।
जनताको सेबक हुँ, कसैको व्यक्तिगत स्वार्थ आफ्नो लागि गौण भएको र त्यो भन्दा माथि अधिक जनताको आशा र बिश्वासनै आफ्नो मुख्य लक्ष्य भएको भन्दै उनले कसैको डर धम्कि आए त्यसलाइ परास्त गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

You might also like

Comments are closed.