फेवा वेगनासद्धारा न्यानो कपडा वितरण

पोखरा पुष २७,
लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले शुक्रबार न्यानो कपडा वितरण गरिएको छ ।
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ घरेडीमा रहेको जनज्योती आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा, स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरिएको हो ।

लायन्स क्लब अफ ३२५ बि १ नेपालका डिष्ट्रिक डेपुटी चिफ बालकृष्ण बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले लायन्स क्लबको मुल उद्धेश्य सामाजिक सेवा भएको बताए । विभिन्न कार्यक्रमको माध्यमबाट फेवा वेगनास चौतारीले सक्रियताका साथ सामाजिक कार्य गर्दै आएको चर्चा गर्दै उनले प्रशंसा गरे ।

लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष विधान गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन सन्तोष घिमिरे, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जित बहादुर थापा गोपाल, लायन्स क्लब अफ पोखरा विरौटा साझा चौतारीका अध्यक्ष रजनी कोइराला, लायन्स क्लब अफ उज्यालो चौतारीका अध्यक्ष विनोद गुरुङ, फेवा वेगनास चौतारीका तृतिय उपाध्यक्ष महेश्वर रिमाल, विद्यालयका प्रधानध्यापक मञ्जु मल्ल लगायतले बोलेका थिए ।

कक्षा १, २ र ३ सम्म अध्ययन हुने सो विद्यालयमा २५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । आफुलाई आवश्यक परेको सामाग्री लायन्स क्लबले प्रदान गरेकोमा विद्यार्थीहरु उत्साहित थिए ।

You might also like

Comments are closed.