फेवा सहकारीको साधारण सभा सम्पन्न

पोखरा, १४ असोज ।
फेवा बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लि को १९ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशमा सहकारी क्षेत्रबाट मात्रै ३० करोड कर संकलन हुने बताईन । उनले राज्यको आखा नपरेको ठाउँमा सहकारीको नजर पुग्ने गरेकोले सहकारी संस्था राज्यको सहयोगी भएको उल्लेख गरिन् ।

नेपाल बचत तथा ऋण सहकारी संघ केन्द्रका संचालक सहकारी अभियन्ता भिम गुरुङले सहकारी सफल हुन सहकारी शिक्षा अनिवार्य रहेको र बढी नाफा हुँदैमा संस्था राम्रो भन्न नमिल्ने कोष बढाउनु पर्ने कुरामा जोड दिए । कास्की जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले सहकारी सफल हुन सहकार्य आवश्यक हुने बताए ।

कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदिप ढकालले सहकारी ऐन २०७४ मा सहकारीको साधारण सभामा २५प्रतिशतबाट बढाएर ५१ प्रतिशत हुनुपर्ने र सदस्य बनेको ३ महिना पछि मात्रै ऋण दिन पाइने नियम सहकारी मर्म विपरित भएको जिकिर गरे । कार्यक्रममा समाजसेवी कुल बहादुर गुरुङ, खिम कुमारी गुरुङ र सगुन कोइराला लगायतले बोलेका थिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे र सदस्य श्रीप्रसाद घलेलाई दोसल्ला, मायाको चिनो र अबिर लगाई सम्मान गरिएको थियो ।

यसैबिच उत्कृष्ट कारोबार गरेकोमा शेयर सदस्य भिम बहादुर वि.क उत्कृष्ट कर्जा कारोबारमा, शेयर सदस्य कल्सङ लामा, शेयर सदस्य विष्णु प्रसाद बराल, जेष्ठ नागरिक शेयर सदस्य बम बहादुर भुजेल र वर्षको उत्कृष्ट कर्मचारी सुरक्षा गार्ड बम बहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सात सिद्धान्त वाचन संस्थाका संचालक लक्ष्मी अधिकारीले र संस्थाका कोषाध्यक्ष दिल बहादुर भट्टराईले स्वागत मन्तव्य र सचिवको प्रतिवेदन संस्थाका सचिव हरिभक्त पौडेल र अध्यक्षको प्रतिवेदन संस्थाका सह प्रबन्धक जगन तिमिल्सिनाले प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम संस्थाका सचिव हरिभक्त पौडेलले गरेका थिए । उक्त संस्थाको ५२ करोडको ब्यालेन्ससिट सर्वसम्मत पारित भएको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...