फोक्सोको क्यान्सर भएकी मायालाई आर्थिक सहयोग

 

पोखरा, २ पुष
लायन्स क्लव अफ लामाचौर र सत्सङले सयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् ।

म्याग्दी जिल्लाको वेनी अर्थुङ्गे निवासी माया सार्कीलाई फोक्सोको क्यान्सरको उपचारको लागि आर्थिक सहयोग गरेका हुन् । सयुक्त रुपमा ३० हजार रुपैयाँ सहयोग गरेको क्लवका सहसचिव सृजना कार्कीले जानकारी दिईन् ।

कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष सञ्जय लामाले विरामीको स्वास्थ्य लाभको कामना गर्दैसहयोग गर्न पाउदाँ खुसी व्यक्त गरे । क्लवका प्रथम उपाध्यक्ष ज्ञानु लामाले आगामी दिनमा पनि सहयोगका काम गर्दै जाने बताईन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...