फोटोग्राफर संघ गण्डकीमा कास्कीका दुर्गा पौडेल

पोखरा, २६ साउन । गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका फोटोग्राफरहरु एक भएका छन् । उनीहरुले गण्डकी प्रदेश फोटोग्राफर संघ स्थापना गरेका हुन् । गण्डकी प्रदेश अन्तर्गतका जिल्लाका प्रतिनिधिहरुको शनिबार पोखरामा भएको भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जस अन्तर्गत अध्यक्षमा दुर्गा प्रसाद पौडेल (कास्की), उपाध्यक्ष नारायण बहादुर के.सी (पर्वत), उपाध्यक्ष बलभद्र श्रेष्ठ (तनहुँ), महासचिव तुलसी राम सुवेदी (कास्की), सचिव प्रेम प्रसाद पराजुली (स्याड्जा), कोषाध्यक्ष नबिन राज पौडेल (कास्की) छन् ।

सदस्यमा नारायण गौतम (बाग्लुङ), लोक बहादुर कुमाल (तनहुँ), बिमल खनाल (स्याङजा), रमेश श्रेष्ठ (पर्वत) र राममणि पौडेल (कास्की) छन् । गणेश छवी, रामभक्त श्रेष्ठ, मदन सुब्बा, ईन्द्र पौडेल, माणिक रत्न श्रेष्ठ, गगनलाल शाक्य र दीनेश अधिकारीलाई सल्लाहकार चयन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । ३ सदस्यीय बिधान मसौदा उपसमिति बिस्तार गरिएको छ । जसमा संयोजक गणेश छबी, सदस्यमा दुर्गा पौडेल र तुलसी राम सुवेदी छन् ।

कार्यक्रममा पर्वत फोटोग्राफर संघका अध्यक्ष नारायण बहादुर के.सी., तनहुँ फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ, स्याङजा फोटोग्राफर संघका अध्यक्ष प्रेम प्रसाद पराजुली, पोखरा फोटो ग्राफर संघका सल्लाहकार ईन्द्र पौडेल, पोखरा फोटोग्राफर संघका संरक्षक गणेश छवी लगायतले फोटोग्राफरहरुका समस्या र चुनौतीहरुका बारेमा बोलेका थिए ।

You might also like

Comments are closed.