‘फोटो ग्राफीको व्यावसायिक सम्भावना राम्रो छ’

पोखरा, ८ साउन । पछिल्लो समय फोटोग्राफीको व्यावसायिक सम्भावना बढेको बक्ताहरुले बताएका छन् । पोखराको अमरसिंहचोकमा रहेको ग्लोबल आइटी एजुकेशनले आयोजना गरेको फोटोग्राफी सेमिनारमा बोल्ने वक्ताहरुले हरेक इभेन्टहरुमा फोटोग्राफीको माग बढिरहेको धारणा राखे ।

कार्यक्रममा बोल्दै ग्लोबल आइटीका प्रवन्ध निर्देशक विकास भुर्तेलले फोटोग्राफीको व्यावसायिक सम्भावना बढेकाले आधारभूत फोटोग्राफी ट्रेनिङ आयोजना गरिएको जानकारी दिए । ‘साउन ८ गतेबाट वेलुका फोटोग्राफीको कक्षा संचालन गर्न लागिएको छ,’ उनले भने, ‘दक्ष फोटो ग्राफर उत्पादन गर्ने हाम्रो उद्देश्य हो ।’

कार्यक्रममा बोल्दै पत्रकार कृष्णप्रसाद दवाडीले राम्रो फोटो ग्राफरको माग उच्च रहेको बताए । पत्रकारिता क्षेत्रमा पनि फोटोको महत्व रहेको बताउँदै उनले राम्रो फोटो क्यामरामा कैद गर्न सक्ने व्यक्ति व्यरोजगार बस्नु नपर्ने धारणा राखे ।
२० हजार रुपैयाँ शुल्कमा १५ दिनको कोर्षमा प्रशिक्षार्थीलाई व्यवहारिक तथा सैदान्तिक ज्ञान दिलाइने बताइएको छ । वर्कसपमा फोटोग्राफी तथा भिडियोग्राफीका विज्ञहरुलाई ल्याएर कक्षा संचालन गरिने भुर्तेलले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.