फोर्डको दशैं अफर : २ लाखसम्म क्यास छुट

आर्थिक आवाज
पोखरा, २२ पोखरा । नेपालीको महान चाड दशैं र तिहारको अवसरमा फोर्ड गाडीमा २ लाख रुपैयाँसम्म छुट दिइएको छ । फोर्डले दशैंको अवसरमा न्यूनतम २५ हजार रुपैयाँदेखि २ लाखसम्म छुट दिइरहेको आधिकारिक बिक्रेता अटोभेन्टर प्रालिका प्रवन्ध निर्देशक ध्रुवबहादुर थापाले जानकारी दिए ।

गाडीको मोडल भेरियन्स अनुसार क्यास छुट पनि फरक÷फरक हुने फोर्डका सेल्स म्यानेजर छबि गौतमले जानकारी दिए । फोर्डले दशैंको अफर अन्तर्गत ‘स्योर सट गिफ्ट’ पनि दिइरहेको छ । यस अन्तर्गत गाडी खरिदकर्तालाई एउटा स्क्रयाच कुपन दिइने गरिन्छ । स्क्रयाच कुपनमा ४९ हजार रुपैयाँदेखि १ लाख ७५ हजार रुपैयाँसम्मका गिफ्ट आइटम पर्ने गौतमले बताए ।

यसैगरी फोर्डको बम्पर उपहार पनि छ । जस अन्तर्गत नेपालभरीका गाडी खरिदकर्ताहरुबीच गरिएको लक्की ड्रबाट बिजेता बनेका ५ जोडीलाई स्वीजरल्याण्ड भ्रमण गराइने कम्पनीले जनाएको छ । फोर्डले फोर्ड फ्रि स्टाइल अन्तर्गत २५ हजार बराबरको एसेसरिजमा छुट दिइरहेको छ भने एक वर्षसम्मको रोड ट्याक्स पनि फ्रि गरेको छ ।

फोर्डको यो अफर भदौ २६ गतेदेखि लागू भएको हो भने यो तिहारसम्म लागू हुनेछ । फोर्डको २९ लाख ९९ हजारमा पाइने फोर्ड फ्रि स्टाइल टे«न्डदेखि १ करोड ७१ लाखको फोर्ड एण्डोबर गाडीसमेत पोखराको फोर्ड शोरुममा उपलब्ध रहेको गौतमले जानकारी दिए ।

You might also like

Comments are closed.