फोर्डको ‘मिड नाइट अफर’ सम्पन्न

आर्थिक आवाज
पोखरा २८ मंसिर । फोर्ड गाडीको ‘मिड नाइट अफर’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ । फोर्ड गाडीका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोभेन्चर प्रालिमा बिहीबार र शुक्रबार कार्यक्रम भएको हो ।

कार्यक्रम अन्तर्गत मध्यरातिसम्म शोरुम खोलेर ग्राहकलाई सेवा प्रदान गरिएको म्यानेजर छबि गौतमले जानकारी दिए । दुई दिनमा ७ वटा गाडीको बुकिङ लिइएको गौतमले जानकारी दिए । अफर अन्तर्गत ग्राहकलाई लक्की ड्रका आधारमा ६० हजारदेखि ४ लाख रुपैयाँ नगद छुटको व्यवस्था गरिएको थियो ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...