फोर्डको वृहत डेलिभरी क्याम्प तथा बजार ¥याली सम्पन्न

पोखरा, १७ बैशाख ।

अमेरिकन टेक्नोलोजिमा भारत र थाईल्याण्मा उत्पादित अन्तर्रराष्ट्रिय ब्राण्ड फोर्ड मोर्टसका विभिन्न मोडलका गाडीको प्रदेश नं ४ अन्तर्रगत गण्डकी धौलागिरकिो अधिकारिक बिक्रेता अटोभेन्चर प्रा लि ले आज बृहत डेलिभरी क्याम्प गरेको छ ।

वृहत बिक्री तथा स्वामित्व हस्तान्तरण समारोहमा कम्पनीले नयाँ मोडल फ्रि स्टाईलको बजार ¥याली पनि सम्पन्न गरेको छ । ¥याली बजारका मुख्य चोक तथा सडकमा गरिएको थियो । उक्त अवसरमा कम्पनीका नेपालमा आयातित मोडलहरु ईन्डेभर, रेन्जर, इकोस्पोट, एस्पायर, फिगो तथा फ्रि स्टाईल गाडीलाई ¥यालीमा समावेश गराईएको सेल्स म्यानेजर छवी गौतमले जानकारी दिए ।

ग्राहकको माया तथा बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै कम्पनीले आज आधा दर्जन भन्दा बढी गाडी डेलिभरी गरेको छ । सो अवसरमा ग्राहक सगँ प्रतिक्रिया पनि लिईएको थियो । फोर्डका गाडी नेपालको बाटो सुहाउदो, ईन्धन किफायती , बलियो र आर्कषक मोडल रहेको र बिक्री पछिको सेवा पनि राम्रो रहेको प्रतिक्रिया ग्राहकले दिएका थिए ।

डाक्टर, ईन्जिनियर, व्यापारी तथा कर्मचारी सवैको रोजाईमा यस कम्पनीका गाडी पर्ने गरेको कम्पनीको दावी छ ।

You might also like

Comments are closed.