फोर्डले ल्याउँदै छ एलेक्सा फिचर, बोलेरै कार स्टार्ट गर्न सकिने

काठमाडौं ।

फोर्डले आफ्नो नयाँ कारमा एलेक्सा फिचर जोड्ने तयारी गरेको छ । यसले ड्राइभरको आवाज चिनेर स्टार्ट हुने गर्छ । साधारणतया कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी जस्ता फिचर्स रहेको हुन्छ तर अहिले यो पनि साधारण भइसकेको छ । त्यसैले फोर्डले आफ्नो कारमा एलेक्सा पर्सनल असिस्टेन्ट ल्याउन लागेको हो ।

फोर्डले एलेक्सा फिचर कारमा जोड्नको लागि अमेजनसँग सहकार्य गरेको हो । फोर्ड कम्पनीले आफ्नो पोर्टफोलियोको सबै कारमा यी फिचर जडान गर्न लागेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले कैयौ भाषामा यसको परीक्षण गरिरहेको छ । फोर्डले यी कार विश्वभर लन्च गर्नेछ । एलेक्सा जडान गरिएको ती कार सन् २०२० मा भारतमा समेत लन्च गर्ने सम्भावना रहेको छ ।

सो कारमा असिस्टेन्ट फिचरका साथै ट्राफिक जामको जानकारी दिने र आफू पुग्ने लक्ष्यको बारेमा जानकारी दिने क्षमता रहेको छ । साथै यसमा युजर न्युज र म्युजिक तथा अमेजनको म्युजिक लाइब्रेरी पनि एक्सेस गर्ने क्षमता रहेको छ ।

सो कारमा अडियो बुक्स पनि सुन्न सकिने छ । साथै मौसमको जानकारी पनि लिन सकिन्छ । यसमा भएको होम–टु–कार फिचर्सले हाउस लाइटिङ, सेक्युरिटी सिस्टम, ग्यारेजको ढोका कारबाटै नियन्त्रण गर्न सकिने लगायतका विभिन्न फिचर रहेका छन् ।

होम–टु–कार फिचरबाट इलेक्ट्रिक तथा हाइब्रिड कारको इन्जिन आवाजको मदतले स्टार्ट वा बन्द गर्न सकिनेछ । साथै ढोका लक र अनलक, मोनिटर, भेइकल रिडिङ जस्ता फ्युल लेभल र ब्याट्रीको रेन्ज पनि पत्ता लगाउन सकिनेछ ।

You might also like

Comments are closed.