फोर्ड इकोस्पोर्टसको नयाँ भर्सन पोखरामा, सुरक्षा फिचर्सलाई विशेष ध्यान दिइएको कम्पनीको दावी

सुरेन्द्र पौडेल
पोखरा, २२ पुस । फोर्ड इकोस्पोर्ट जिपको नयाँ मोडल पोखरा भित्रिएको छ । फोर्ड गाडीका लागि गण्डकी तथा धौलागिरी क्षेत्रको लागि आधिकारिक बिक्रेता अटोभेन्चर प्रालिले शुक्रबार एक कार्यक्रम बिच उक्त गाडी सार्वजनिक गरेको हो । प्रतिनिधि सभाका नवनिर्वाचित सांसद रवीन्द्र अधिकारी तथा प्रदेशसभाका नवनिर्वाचित सांसद विन्दुकुमार थापाले इकोस्पोर्टको नयाँ मोडल सार्वजनिक गरेका हुन् । फोर्ड गाडीको बिक्रीसँगसँगै बिक्री पछिका सेवालाई स्तरीय बनाउन सांसदद्वय अधिकारी र थापाले आग्रह गरे ।

संसारभर प्रशिद्ध रहेको फोर्ड गाडी नेपालमा पनि निकै लोकप्रिय रहेको अटोभेन्चरका प्रवन्ध निर्देशक ध्रुव थापाले बताए । ‘अमेरिकी प्रविधिमा भारतमा निर्मित फोर्ड ब्राण्ड नेपाली हावापानी तथा बाटो सुहाउँदो छ,’ उनले भने, ‘फोर्डको इकोस्पोर्ट अझ धेरै ग्राहकको रोजाईमा परेको छ । नयाँ मोडल अझ धेरैको आकर्षण बन्नेमा हामी विश्वस्त छौं ।’ इको स्पोर्टको नयाँ मोडल फिचर्सहरु परिवर्तन भएर बजारमा आएकाले अझ धेरै ग्राहकको रोजाईमा पर्ने थापाको दावी छ । ‘नयाँ इकोस्पोर्ट फन, स्टाइल र टेक्नोलोजी हो,’ उनले भने, ‘आकर्षक बाहिरी बनावटले पनि ग्राहकलाई आकर्षण गर्नेछ ।’

नयाँ मोडलको इन्जिन पहिलाको तुलनामा अझ बढी स्मार्ट र कार्यकुशलपूर्ण रहेको थापाले बताए । ‘पहिलाको इकोस्पोर्टको तुलनामा नयाँमा इन्जिनले २५ प्रतिशत बढी पावर प्रदान गर्छ,’ उनले भने, ‘नयाँ प्रविधिका साथै भरपुर सुरक्षा, स्टाइल र फन सबैलाई ध्यानमा राखेर जिप डिजाइन गरिएको छ ।’

सार्वजनिक भएको कम्प्याक्ट एसयुभी इकोस्पोर्टमा सुरक्षालाई ध्यानमा राखेर डवल फ्रन्ट एयरव्याग र एबिएस जडान गरिएको छ । चालकको सुरक्षाका लागि अटोमेटिक ट्रान्समिसन, आठ इन्च फ्लटिङ टच स्क्र्नि छ । ‘इमर्जेन्सी ब्रेक र ट्रयाक्सन कन्ट्रोल सिस्टम जडान गरिएको छ,’ थापाले भने । डिजेल र पेट्रोल दुवै भर्सनमा नयाँ मोडल उपलब्ध छ । ‘अत्याधिक माइलेज पनि यो गाडीको थप विशेषता हो,’ थापाले भने, ‘स्मार्टफोट जोड्न मिल्ने स्वर आदेशको सुविधा पनि छ ।’ चालकलाई फोन गर्न, म्यासेज पठाउन र बाटोको दिशा हेर्न सजिलो हुने गरी नविनतम प्रविधि जडान गरिएको बताइएको छ । यो गाडीको मूख्य ३३ लाख ९० हजार रुपैयाँदेखि ४९ लाख ९० हजार रुपैयाँसम्म पर्छ ।

यो एसयुभी गाडीमा एलइडी डेटाइम रनिङ लाइट राख्नुका साथै नयाँ प्रोजेक्टर हेड ल्याम्प्स पनि छ । इकोस्पोर्टको डिजाइन र इन्जिनियरिङ टोलीले एसयुभीलाई राम्रो बनाउन १० लाख घन्टा भन्दा बढी समय कम्प्युटरको अनुसन्धान २ सय भन्दा बढी घन्टा एरोडाइनामिकको बुझाईमा लगाएको कम्पनीको दावी छ । ‘यो गाडीको डिजाइन बनावट र हेराईमा मात्र सीमित नभई पूर्ण आरामदायी र शक्तिशाली छ,’ थापाले भने । यो गाडी सातवटा कलरमा बजारमा उपलब्ध छ । अहिले फोर्डका अन्य मोडलहरु फिगो, एस्पायर, रेन्जर, इन्डोभियर पनि नेपाली बजारमा बिक्री भइरहेका छन् ।

You might also like

Comments are closed.