फोर्ड इकोस्पोर्ट बन्द हुँदै, नयाँ एसयूभीको तयारी

काठमाडौं । फोर्डले सब–कम्प्याक्ट एसयूभी सेगमेन्टमा प्रतिस्पर्धा गर्नको लागि नयाँ एसयूभी लन्च गर्ने तयारी गर्दैछ । सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यु र हुन्डाई क्रेटासँग प्रतिस्पर्धा गर्नको लागि फोर्डले नयाँ कार लन्च गर्ने लागेको हो । फोर्डको सो सब–४ मिटर एसयूभीलाई बीएक्स ७४४ कोडनेम दिइएको छ । साथै फोर्डले नयाँ एसयूभी लन्च गर्ने योजना बनाइरहेको छ । जसको प्रतिस्पर्धा जिप कम्पास र एमजी हेक्टरसँग हुनेछ ।

मिडिया रिपोर्टका अनुसार सो एसयूभी सन् २०२० पछि लन्च गरिने छ । यसले फोर्ड इकोस्पोर्टलाई प्रतिस्थापन गर्नेछ । सो कारको नाम इकोस्पोर्ट राखिने छैन । फोर्डले महिन्द्रा कम्पनीसँग मिलेर नयाँ एसयूभी कारका लागि काम गरिरहेको छ । सो एसयूभी महिन्द्राको प्लेटफर्म र पावरट्रेनमा निर्माण गरिनेछ ।

फोर्डले सब–४ मिटर एसयूभी सेगमेन्ट सबैभन्दा पहिले इकोस्पोर्ट २०१३ मा लन्च गरेको थियो । यसको फेसलिफ्ट २०१७ मा लन्च गरिएको थियो । सो एसयूभी बीएस–६ पेट्रोल र डिजेल इन्जिनमा पनि लन्च गरिनेछ । बीएक्स ७४४ लाई पेट्रोल र डिजेल इन्जिनमा पनि लन्च गरिनेछ ।

ब्रेजा र भेन्युको साथ साथै सो बीएक्स ७४४ को प्रतिस्पर्धा महिन्द्रा एक्सयुभी ३००, टाटा नेक्सन र रेनो एचबीसी, टोयोटा ब्रेजा, किया मोटर्सको सब–४ मिटर एसयूभी जस्ता अपकमिङ एसयुभीसँग समेत हुनेछ । वर्तमान समयमा फोर्डले भारतमा दुई एसयूभी इकोस्पोर्ट र एन्डेभर बिक्री गरिरहेको छ । फोर्ड कम्पनीले भारतीय बजारमा इलेक्ट्रिक कार पनि लन्च गर्ने योजना बनाइरहेको छ ।

You might also like

Comments are closed.