फोर्सको अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स अब पोखरामा

पोखरा, १७ माघ
फोर्स मोर्टस लिमिटेडको आधिकारिक आयातकर्ता ÷ बिक्रेता आयाम ईन्टरकन्टिनेन्टल प्रा.ली.ले फोर्सको अत्याधुनिक सुविधा सम्पन्न ट्राभलर एम्बुलेन्स बिक्री वितरण शुभारम्भ गरेको छ । विश्व प्रसिद्घ मर्सेडिज लाइसेन्स प्राप्त इन्जिन र गियर बक्स जडित भएको चार सिलिन्डर युक्त इन्जिन भएको उक्त गाडीमा डबल ट्रली रहेको छ भने एउटा ट्रली बिरामी ओसारनका लागि मिल्ने छ । बिएसआइभी इन्जिन भएको उक्त गाडीमा पछाडिको ढोका २०७ डिग्रीसम्म खोल्न मिल्ने, ड्राइभिङ्ग सिटबाट माइकिङ्ग गर्न सकिने प्रविधि, सिटको मुनी सामान राख्ने सुविधा, छुट्टै फोल्डिङ गर्न मिल्ने डाक्टर बस्ने सिट, वार्निङ लाइट भएको, भेन्टिलेटर तथा अक्सिजन सिलिन्डर राख्न भिल्ने छुट्टै व्यवस्था भएको र अन्य अत्याधुनिक सुविधा उपलब्ध छ ।

यस्तै एउटा एम्बुलेन्समा हुनुपर्ने सम्पूर्ण सुविधा भएको यो एकमात्र एम्बुलेन्स भएको कुरा आयाम इन्टरकन्टिनेन्टल प्रा.ली.का अध्यक्ष धुव थापाले बताए । साथै यो र्फोस मोर्टसका एम्बुलेन्स , मिनि बस तथा जिप दुवै मोडलमा उपलब्ध रहेको समेत उनले जानकारी दिए । भारतमा ९०% एम्बुलेन्सहरु र्फोस कम्पनीकै चल्ने गरेको तथ्याङ्क समेत उनले बताए ।

यो सुविधा युक्त एम्बुलेन्स सर्वप्रथम आइ.एन.एफ. नेपाल हरियो खर्क पोखराले खरिद गरि सञ्चालनमा ल्याएको छ भने अन्य थप दुईवटा एम्बुलेन्सको समेत अर्डर गरेको छ । अध्यक्ष थापाले भुकम्पका बेलामा र्फोस मोर्टसले नेपालको लायन्स क्लबले सञलन गर्ने गरि ३ वटा एम्बुलेन्स निशुल्क उपलब्ध गराएको र एम्बुलेन्सहरुले हालसम्म ९हजार भन्दा बढि बिरामीहरुलाई सेवा पु¥याईसकेको उनले बताए । आधुनिक सेवा दिन चाहने अस्पताल तथा संघ सस्थांहरुले यो एम्बुलेन्स मन पराउने हुँदा यसको बजार क्षेत्रमा राम्रो हुने आयाम ईन्टरकन्टिनेन्टलका प्रबन्धक निरन के.सी.ले जानकारी दिए ।

You might also like

Comments are closed.