पोखरा । फोर्स मोटर्सको ट्राभलर स्कुल बसको खरिदमा विशेष अफर प्रदान गरिएको छ । ग्राहकको हितलाई मध्यनजर गरी ३ वर्षको मर्मत तथा सर्भिसिङ निःशुल्क गर्ने गरी अफर ल्याइएको फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्ध निर्देशक निरन केसीले जानकारी दिए ।
उक्त सर्भिसिङ तथा मर्मतको खर्च ३ लाख रुपैयाँ बराबरको हुने केसीले बताए । ‘स्कुललाई लक्षित गरी यो बस नेपाल भित्रिएको हो,’ उनले भने, ‘सेफ्टी फिचरहरु बढी भएको बस स्कुलका लागि निकै प्रभावकारी हुन्छ । बस बच्चामैत्री छ ।’
मर्सिडिज इन्जिनको प्रयोग गरि बनाइएको बस भएकाले बलिया हुने कम्पनीले दावी छ । यो अफर नेपाल भर लागु हुनेछ । काठमाडौं, पोखरा, चितवन, हेटौंडा, जनकपुर, लहान, राजविराज, इटहरि र विर्तामोडमा फोर्सका शाखा सञ्जाल छन् ।
Comments are closed.