फोर्सको नयाँ वर्षको नयाँ अफर, सुजुकी बाइकसँगै बैंकक सफरको अवसर

आर्थिक आवाज
पोखरा, १ चैत । नेपाली नयाँ वर्षलाई लक्षित गरी फोर्स गाडीले ‘नयाँ वर्षको नयाँ अफर’ योजना ल्याएको छ । फोर्स गाडी खरिदमा सुजुकी बाइकका साथै बैंकक सफरको अवसर पनि रहेको फोर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका निर्देशक निरन केसीले जानकारी दिए ।

ट्रयाक्स क्रुइजर टुडब्लुडी (१३ प्लस डि) तथा ट्राभलर (२६ प्लस डी) खरिदमा ग्राहकले बैंकको भ्रमणको अवसर र सुजुकी बाइक १ थान प्राप्त गर्ने केसीले बताए । ‘ट्रयाक्स कार्गोकिङको खरिदमा पनि बैंक भ्रमणको अवसर मिल्नेछ,’ उनले भने । यो अफर वैशाख महिनाभरी लागु हुने बताइएको छ ।

यसैगरी कुनैपनि मोडलको गाडीका गाडीलाई एक्सचेन्ज गर्न सकिनेछ । अफरले फोर्सका गाडीहरुको बिक्री बढ्ने कम्पनीको विश्वास छ । नेपाली हावापानी तथा बाटो सुहाउँदो गाडीहरु उत्पादन गरेकाले नेपाली बजारमा फोर्स गाडीको बिक्री राम्रो रहेको प्रवन्ध निर्देशक ध्रुवबहादुर थापाले बताए ।

हिमालय अर्गनाइजेसन अन्तर्गतको फोर्स मोटर्स र केस कन्स्ट्रक्सन इक्युपमेन्टस्को अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक शोरुम अहिले पोखराको चाउथेमा छ । बिगत ५ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जीप बिक्री गर्दै आइरहेको छ ।

साथै फोर्सका पिकअप भ्यान, स्कुल बस, सार्वजनिक बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय रहेको थापाले बताए । फोर्सको काठमाडौंका गैरी धारामा आफ्नै शाखा छ । देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री भइरहेकोछ । ‘हामीले बिक्रीसँगै बिक्री पछिको सेवालाई पनि प्राथमिकतामा राखेका छौं,’ उनले भने ।

You might also like

Comments are closed.