फोर्सको रोयल डिलक्स नेपालमा

  1. पोखरा, ३ माघ ।

फोर्स कम्पनीको ट्राभलर रोयल डिलक्स बस नेपालमा बिक्री शुरु भएको छ । नेपालको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेटल प्रालिले बुधबार पोखरामा एक कार्यक्रमबीच उक्त बसको बिक्री सुरुवात गरेको हो ।

पोखरा उद्योग वाणिज्य सघंका अध्यक्ष विश्व शंकर पालिखे र आयाम इन्टरकन्टिनेटल प्रालिका अध्यक्ष ध्रुबबहादुर थापाले संयुक्त रुपमा बसको बिक्री शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष पालिखेले फोर्स गाडीको नयाँ तथा पुराना उपभोक्तालाई बिक्री तथा बिक्री पछिको सेवा चुस्त दुरुस्त हुनुपर्ने बताए ।
प्रालिका अध्यक्ष थापाले फोर्स कम्पनीका गाडीहरु विश्व विख्यात जर्मनी ब्राण्ड मर्सिडिज इन्जिन लाइसेन्स प्राप्त तथा भारतमा निर्माण भएकाले विस्वसनीय रहेको बताए । ‘फोर्स कम्पनीका गाडीहरु बिगत १५ वर्षदेखि नै नेपालमा आयात हुँदै आएको छ,’ उनले भने, ‘बिगत ३ वर्षदेखि हाम्रो कम्पनीले आयात गर्न थालेको हो ।’

कम्पनीको ट्रयाक्स भनेर चिनीने जिप तथा पिक–अपहरु नेपालमा पहिलेदेखि नै लोकप्रिय रहेको उनले बताए । बुधबार बिक्री शुभारम्भ भएको फोर्स ट्राभलर रोयल बस निकै राम्रो स्टाइल साथै अत्यन्त आरामदायी रहेको कम्पनीको दावी छ । एअर सस्पेन्सन युक्त यस गाडीमा शक्तिशाली इन्जिन रहेको थापाले बताए ।
प्रत्येक सिटमा एयर कन्डिसनको भेन्ट, सिट बेल्ट, मोबाइल, ल्यापटप चार्जर पोइन्ट, प्लेनमा जस्तै छुट्टाछुट्टै रिडिङ ल्याम्पका साथै एबिएस तथा इबिडी जस्ता आधुनिक सुरक्षा प्रणालीहरुसमेत यसमा जडित भएको थापाले बताए । कार्यक्रममा फोर्स मोटर्सका इन्टरनेशनल सेल्स एण्ड मार्केटिङ म्यानेजर सुनिल संकले गाडीको विशेषता तथा कम्पनीका बारेमा प्रस्ट्याएका थिए ।

कार्यक्रममा ५ जना नयाँ ग्राहकलाई चावी हस्तान्तरण गरिएको आयाम इन्टरकन्टिनेटल प्रालिका प्रवन्ध निर्देशक राजन लम्सालले जानकारी दिए । पोखरा लगायत देशभर फोर्स मोटर्सका गाडीहरुमा आकर्षण देखिएको प्रवन्धक निरन केसीले बताए ।

You might also like

Comments are closed.