फोर्स किन्दा २ तोलाको हार र बैंकक टुर

आर्थिक आवाज

पोखरा । नेपालीको महान चाड दशैं र तिहारको अवसरमा फोर्स गाडीमा गाडी खरिदकर्ता दम्पतीलाई सुनको हार र बैंकक टुरको प्याकेज अफर दिइएको छ । दशैं र तिहारको अवसरमा फोर्सको ट्रयाक्स क्रुजर जीप र ट्राभलर टि–टु बसको खरिदमा प्रत्येक ग्राहकलाई २ तोलाको हार र दुई जोडीलाई ४ रात ५ दिनको बैंकक टुर प्याकेज अफर दिइएको हो ।

ट्रयाक्स क्रुजरमा फोर ह्वील र टु ह्वील दुबै रहेको कम्पनीको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि पोखराका प्रवन्धक निरन केसीले जानकारी दिए । फोर्सले ट्रयाक्स कार्गो किङ पिकअप भ्यानको खरिदमा प्रत्येक खरिदकर्ता ग्राहकलाई एक तोला सुन र नगद २५ हजार छुट  दिएको छ ।

असोजको शुरुवातदेखि नै शुरु भएको यो अफर तिहारसम्म लागू हुने फोर्सको नेपाल हेर्ने आयाम इन्टर कन्टिनेन्टल प्रालिले जनाएको छ । फोर्सको २० लाख ७५ हजारको कार्गो जीपदेखि ६४ लाख ५० हजारको फोर्स गोर्खा एक्स्प्लोरर फोर डब्लु डसम्मको गाडी पाइन्छ ।

You might also like

Comments are closed.