फोर्स मोटर्सको दशै तिहार अफर

पोखरा, १० असोज ।

फोर्स मोटर्सको नेपालका लागी आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले दशैँ र तिहारको अवसरमा विशेष अफर ल्याएको छ । यो अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्रयाक्स क्रुजर जीप र ट्राभलर टिटु २६ सिट क्षमता भएको मिनीबसको खरीदमा २ तोला सुनको हार र एक जोडीलाई ४ रात ५ दिनको बैंकक टुर प्याकेज तथा ट्रयाक्स कार्गो किङ पिकअप को खरिदमा १ तोला सुनको हार र नगद रु.२५,०००/ छुटको अफर ल्याएको आयाम इन्टरकन्टिनेन्टल प्रा.लीका प्रबन्ध निर्देशक राजन लम्सालले बताए ।

बिगत ४ वर्ष देखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली मार्फत आफ्ना गाडीहरुको बिक्रि वितरण गर्दै आईरहेको छ । आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँ गैहिृधारा , पोखराको बुद्धचोकमा आफ्नै शोरुम संचालनमा ल्याएको । स्थानीय डिलरको रुपमा विराटनगरको कन्चनबारीमा के.आर.अटोमोबाइल, चितवनको भरतपुरमा रेयान मोटर्स , इटहरी र भक्तपुरमा जी.मोटर्स मार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री गरिरहेको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. का अध्यक्ष ध्रुव थापाले बताए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...