फोर्स र केसको अत्याधुनिक शोरुम अब चाउथेमा

आर्थिक आवाज
पोखरा, ७ माघ । फोर्स मोटर्स र केस हेभी इक्युपमेन्टको सोरुम पोखराको चाउथेमा सञ्चालनमा आएको छ । चाउथेमा अत्याधुनिक सुविधासम्पन्न आफ्नै भवनबाट सेवा सुरु भएको फोर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्धक निरन केसीले जानकारी दिए ।

सोमबार पूजासहित साइत गरेर सोरुम सारिएको केसीले बताए । फोर्स र केसको शोरुम एउटै भवनमा रहनेछ । केसका लागि गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता हिमालय इक्युपमेन्ट प्रालि हो । शोरुमको छिट्टै ग्राण्ड ओपनिङ कार्यक्रम गरिने बताइएको छ ।

You might also like

Comments are closed.