फोर्स र केसको अन्तर्राष्ट्रियस्तरको शोरुम पोखराको चाउथेमा शुभारम्भ (फोटो फिचरसहित)

आर्थिक आवाज
पोखरा, २५ माघ । हिमालय अर्गनाइजेसन अन्तर्गतको फोर्स मोटर्स र केस कन्स्ट्रक्सन इक्युपमेन्टस्को अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक शोरुम पोखराको चाउथेमा शुभारम्भ भएको छ । शोरुमको शुक्रबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका प्रमुख माननीय बाबुराम कुँवरले उद्घाटन गरे ।

यस अगाडि बुद्धचोकमा सञ्चालित फोर्स सोरुम र चाउथेको स्वागत नगरमा सञ्चालत केस शोरुमलाई विस्तार गर्ने क्रममा यो अत्याधुनिक स्तरको शोरुमको स्थापना भएको अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिए । ‘फोर्स र केसको यो शोरुम अन्तर्राष्ट्रिय स्तरको बनाएका छौं,’ उनले भने, ‘हाम्रा ग्राहकले फोर्स र केसका उत्पादनहरुको शोरुममा आएर प्रत्यक्ष अवलोकन गरी खरिद गर्न सक्नुहुनेछ ।’ करिब २ रोपनी जग्गामा शोरुम स्थापना भएको थापाले जानकारी दिए ।

बिगत ५ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जीप बिक्री गर्दै आइरहेको छ । साथै फोर्सका पिकअप भ्यान, स्कुल बस, सार्वजनिक बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय रहेको प्रालिका निर्देशक निरन केसीले जानकारी दिए । काठमाडौंको गैरी धारामा फोर्सको आफ्नै शाखा छ । देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सको बिक्री भइरहेको छ । ‘हामीले बिक्रीसँगै बिक्री पछिको सेवालाई पनि प्राथमिकतामा राखेका छौं,’ केसीले भने ।

हिमालय इक्प्युपमेन्ट प्रालिद्वारा केसका ब्याकहो लोडर, भाइब्रेटरी कम्प्याक्टर, रोलर, ग्रेडर लगायतका हेभ्बी इक्युपमेन्ट बिक्री वितरण भइरहेको छ ।

यसैबीच,। केस ब्याकहो लोडरसँगै ब्रेकर कनेक्सन गरेर बिक्री वितरणको पनि शुक्रबारबाटै सुरु भएको उद्घाटन कार्यक्रममा जानकारी दिइयो । हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापाको सभापतित्वमा शोरुमको उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले देशको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रेम तुलाचन, प्रदेश सभा सदस्य विन्दुकुमार थापा, जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक अखिल गुप्ता, फोर्स मोटर्स लिमिटेड इण्डियाका अन्तर्राष्ट्रिय बजार व्यवस्थापक सुनिक शंक लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.