‘फोर्स र केसको अन्तर्राष्ट्रियस्तरको शोरुम खोलेका छौं’

पोखराको चाउथेमा हिमालय अर्गनाइजेसन अन्तर्गतको फोर्स मोटर्सका गाडीहरु र केस कन्स्ट्रक्सनका हेभी इक्युपमेन्टको अत्याधुनिक सुविधा सम्पन्न शोरुम स्थापना भएको छ । शोरुमको शुक्रबार ग्राण्ड ओपनिङ हुँदैछ । यसैक्रममा अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापासँग शोरुमका स्थापना, फोर्स र केसका विशेषता लगायत विषयमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

फोर्स र केसको शोरुम चाउथेमा नै किन ?
पोखराको चाउथे क्षेत्रलाई अटोमोबाइल हव बनाउनको लागि हामीले शोरुम चाउथेमा स्थापना गरेका हौं । बिस्तारै अरु शोरुम पनि यस क्षेत्रमा आउनेछन् भन्ने मलाई लाग्छ । फराकिलो तथा पोखरा छिर्ने बित्तिकै आउने भएकाले यस क्षेत्रमा व्यवसाय संचालन गर्न सहज छ ।
नयाँ ठाउँमा शोरुम स्थापना हुँदा समस्या हुँदैन ?
नयाँँ ठाउँमा शोरुम स्थापना गर्दा चुनौति छन् । तर, पनि हामी चुनौतिलाई सामाना गर्दै अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ आएका छौं । प्रायजसो अटोमोबाइलको शोरुम बुद्धचोक र नयाँबजार क्षेत्रमा छन् । केही टाढा भएपनि ग्राहकलाई विस्तारै सहज हुनेछ । चाउथे क्षेत्र व्यावसायिक बन्दै गइरहेको छ । यस क्षेत्रमा अन्य गाडीहरुको शोरुम विस्तार क्रमशः बढ्दै जानेछ ।

शोरुमका डिजाइन कसरी गर्नुभएको छ ?
केस र फोर्स दुवैको लागि उपयुक्त हुनेगरी शोरुमको डिजाईन गरेका छौं । केसको लागि शो रुमको खासै आवश्यकता पर्दैन । यद्यपि, हामीले व्यवस्थित बनाउनको लागि हामीले शोरुम बनाएका हौं । हेभी इक्युपमेन्टलाई शोरुममा राखेर डिस्प्ले गर्ने नेपालमा नै छैनन् भन्ने मलाई लाग्छ । हामीले पहिलो पटक गर्दैछौं । फोर्सका गाडी पनि शोरुमा प्रत्यक्ष अवलोकन गर्न सकिने गरी राख्नेछौं । इन्जिनियरिङ डिजाइन गरेर अन्र्तराािष्ट्रयस्तरको शोरुम स्थापना गर्न हामी सफल भएका छौं ।

शोरुमको विशेषताहरु केके छन् ?
करिब डेढ रोपनी क्षेत्रफलमा शो रुम छ । शोरुम बनाउनको मात्र करिब २ करोड रुपैयाँ खर्च लागेको छ । प्रोपर्टीको हिसाब गर्ने हो भने करिब १८÷२० करोड रुपैयाँ लगानी भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुशार शोरुम तयार गरेका छौं । विदेशमा भएका शोरुम जस्तै बनाउनुपर्छ भन्ने सोचेर शोरुम स्थापना गरेका हौं । फोर्डको शोरुम पनि पोखरामा मात्र नभई नेपाल कै उत्कृष्ट शोरुम हामीले बनाएका थियौं । अहिले केस र फोर्सको शोरुम एकै ठाउँमा छ । जुन नेपालकै उत्कृष्ट मध्यमा पर्नेछ । लुक्स पनि आकर्षक छ ।

फोर्स र केसका लक्षित ग्राहक को–को हुन् ?
फोर्स प्राइभेट भन्दा कमर्सियल नै हो । गाडी भाडामा चलाउने ग्राहक नै हामी कहाँ आउनुहुन्छ । हाम्रो टार्गेट ग्रुप पनि यही हो । विभिन्न समिति तथा कम्पनीले फोर्स गाडीको प्रयोग गर्ने गरेको हामी पाउछौं ।

फोर्स र केसको बजार भविष्य कस्तो छ ?
यसको सम्भावना राम्रो छ । हामी यसको इम्पोर्टर डिष्ट्रिब्युटर भएकाले राम्रो भएको छ । यो भारतमा बनेको हो । क्वालिटी पनि राम्रो छ । सिट क्षमताले गर्दा पनि यसको आर्कषण बढेको छ । ग्राउण्ड क्ल्यिरेन्स पनि धेरै राम्रो छ । पहिला अन्यको भन्दा रेट धेरै थियो तर अहिले कम छ । केसको मार्केट पनि राम्रो छ । ब्राण्ड क्वालिटीमा यो धेरै राम्रो छ । आठ वर्षमा करिव ३ सय हेभी इक्युपमेन्ट बिक्री भएका छन् । केसका ब्याक लोडर, रोलर, कम्प्याक्टर लगायतका इक्युपमेन्ट छन् र छिट्टै एक्साभेटर पनि आउदैछ ।

नेपालमा फोर्सका डिलर कतिवटा छन् ?
नेपालमा करिव २२ ठाउँमा फोर्सको डिलर छन् । देशभरी नै यसको मार्केट राम्रो छ ।

फोर्स र केस बाहेक अटोमा अन्य कुन कुन ब्राण्डको बिक्रेता हुनुहुन्छ ?
बिगतका वर्षदेखि नै फोर्डको पनि काम गरिरहेका छौं । फोर्डको गण्डकी धौलागिरीको डिलर हामी हौं । सुजुकी मोटरसाइकलको डिलर भएर पनि काम गरिरहेका छौं ।

You might also like

Comments are closed.