फोहोरले भरिदै नाली

 

आर्थिक आवाज
पोखरा, ९ चैत ।

पोखराको औद्योगिक क्षेत्रदेखि माथि रानिपौवासम्मका वासिन्दाले नहरमा फोहोर फाल्ने गरेको पाइएको छ । नगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा फोहोर फाल्नुको सट्टा केही स्थानीयले नहरमा फाल्ने गरेका छन् ।

प्लास्टिक, बोटल, बच्चाको डाइपर लगायतका सामान देखिएको चाउथेका स्थानीय वासिन्दा यम जिसीले जानकारी दिए । । त्यसैगरी औद्योेगिक छेत्र भित्रको प्रदुषण पनि नालीमा मिसिने गरेको छ । निर्माणाधिन अन्तर्रास्ट्रिय बिमान्स्थल भित्र सम्मका ढल्हरुपनि पुरै फोहोरले भरिदैछन । यसमा सम्वन्धित निकायले ध्यान दिनु जरुरी छ ।

सुन्दर नगरी पोखराको सौन्दर्यलाई नै यसले विगारेको छ । यस्ता प्रदुषणले विभिन्न रोग पनि निम्त्याउने छन् । यस प्रती सवै सचेत हुनु आवस्यक छ ।

You might also like

Comments are closed.