फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण

नआत्तिन तर संयमित हुन आग्रह

काठमाडौ । फ्रान्सबाट चैत ४ गते नेपाल प्रवेश गरेकी एक नेपाली युवतीमा कोरोना संक्रमण भेटिएको छ । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि गरे ।

फ्रान्सबाट कतार हुँदै उनी नेपाल आएकी थिइन् । नेपाल आएलगत्तै उनलाई क्वारेन्टाइनमा राखिएको थियो । रुघाखोकी लागेपछि उनको स्वास्थ्य परीक्षण गर्दा कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए । नआत्तिन र संयमित हुन स्वास्थ्य मन्त्री ढकालले सम्पूर्णमा आग्रह गरेका छन् ।

 

You might also like

Comments are closed.