बजाजको ‘उल्टो अफर’, २ लाखसम्म जित्ने अवसर

आर्थिक आवाज
पोखरा, ६ वैशाख । बजाजले उल्टो अफर ल्याएको छ । यसमा बाइक किन्नुभन्दा अगाडि १ लाख रुपैयाँ र किनिसकेपछि १ लाख रुपैयाँसम्म जित्न सक्ने अफर बजाजले ल्याएको हो । अफर वैशाख ९ गतेदेखि १३ गतेसम्म चल्ने बजाजको पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्स प्रालिले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

बजाजले महाउत्सव र महाएक्सचेन्ज मेला पनि ल्याएको छ । जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्न सकिने म्यानेजर भगवान विजुक्छेले जानकारी दिए । जस्तोसुकै पुरानो मोटरसाइकल ल्याएपनि न्युनतम मुल्याङकन ३० हजार रुपैयाँ रहेको उनले बताए । ‘यो मूल्यांकन अहिलेसम्मकै बढी न्युनतम हो,’ उनले भने ।

महाउत्सव र महाएक्सचेन्ज मेलामा ल्यापटप ब्याग, बाइक कभर, हेलमेट, वाक्स, ग्रिप, लेगार्ड लगायतका उपहार पनि राखिएको शोरुम म्यानेजर विष्णु तिमिल्सिनाले जानकारी दिए । हुलास इन्भेष्टमेन्ट मार्फत न्युनतम व्याजदरमा स्पट फाइनान्सको सुविधा, १४ प्रतिशत व्याजदरमा २४ महिना सरल किस्ता, डिस्कभर मोटरसाइकलमा १९ हजार ९ सय ९९ रुपैयाँ डाउन पेमेन्ट र फाइनान्सको सुविधा रहेको म्यानेजर विजुक्छेले जानकारी दिए । पोखरा सभागृहमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म मेला चल्नेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.