पोखरा । दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ नारासहित ‘बजाज भविष्यवाणी’ सार्वजनिक गरेको छ । यो योजना पोखरामा पनि लागु भएको यहाँको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्स प्रालि नयाँबजारका प्रवन्धक भगवान बिजुक्छेले जानकारी दिए ।
दशैं र तिहार चाडपर्वको अवसरमा बजाजले ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि र किने पछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरेको छ ।
बजाजको भविष्यवाणी क्याम्पेनमा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । जसमार्फत उनीहरुले १ लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् । साथै उनीहरुले बजाज मोटरसाइकलको खरिद पश्चात फेरी अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । जसमा उनीहरुले १ लाखसम्मको नगद छुट पाउनेछन् ।
योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाखसम्मको नगद जित्न सक्छन् । साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् ।
बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै क्रममा यो अफर ल्याएको प्रालिका प्रवन्ध निर्देशक इच्छामान बुद्धाचार्यले बताए ।
पोखरा सभागृहमा महाएक्स्चेन्ज अफर मेला
यसैबीच, बजाजको लागि यहाँको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल्स प्रालिले महाएक्स्चेन्ज अफर मेला गर्ने भएको छ । पोखरा सभागृहमा भदौ १७ देखि २१ गतेसम्म महाएक्स्चेन्ज अफर सञ्चालन हुने प्रवन्धक भगवान बिजुक्छेले जानकारी दिए ।
मेलामा पुरानो जस्तोसुकै मोटरसाइकल तथा स्कुटरको न्युनतम ३० हजार रुपैयाँ मूंल्यांकन गरिने उनले बताए । मूल्यांकन पनि थप १५ हजार रुपैयाँ ग्राहकलाई एडिसनल मूल्यांकन प्रदान गरिनेछ । साथमा एसेसरिज सामान, लेगाड, हेल्मेट, मोटरसाइकल कभर र ल्यापटप व्यागसमेत ग्राहकले पाउने बिजुक्छेले जानकारी दिए । ‘न्युनतम ब्याजदरमा स्पट फाइनान्सको सुविधा पनि छ,’ उनले भने ।
Comments are closed.