बजाजले लन्च गर्योे नयाँ सीटि ११० (मुल्य र बिशेषता सहित)

बजाजले नयाँ सीटी ११० बाइक लन्च गरेको छ । बजाज सीटी १०० भन्दा फरक लुक दिनको लागि यसमा धेरै कस्मेटिक परिवर्तन गरिएको छ । ४० हजार भारु भन्दा कम मूल्यमा उपलब्ध सो बाइक दुई भेरिएन्टमा उपलब्ध रहेको छ ।

सो बाइक सीटी १०० मा आधारित छ तर यसको लुकमा धेरै परिवर्तन गरिएको छ । सीटी १०० भन्दा फरक लुक दिनको लागि सीटी ११० मा ट्यांक प्याड र नयाँ ग्राफिक्स समावेश गरिएको छ । यसको इन्जिन, गियरबक्स, फोर्क, ह्विल्स, ह्यान्डलबार र बार ग्र्याब रेल्स कालो रङमा उपलब्ध रहेको छ । बजाज सीटी ११० को सिट पनि ठूलो छ । टेलेस्कोपिक फोक्र्स र मिररको लागि रबर कभर राखिएको छ । सो बाइकमा सेमी नाभी टायर जडान गरिएको छ । जसलाई जुनसुकै सडकमा पनि गुडाउन सकिने कम्पनीले दावी गरेको छ ।

बजाज सीटी ११० बाइकमा ११५ सीसीको इन्जिन जडान गरिएको छ । जसले ८।६ बीएचपीको पावर र ९।८१ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ४ स्पिड गियरबक्स समावेश गरिएको छ । सीटी ११० को दुबै टायरमा ड्रम ब्रेक समावेश गरिएको छ । यसमा डिक्स ब्रेकको विकल्प रहेको छैन । बाइकमा एन्टी स्किड ब्रेक समावेश गरिएको छ र यो बजाजको कम्बाइन्ड ब्रेकिङ सिस्टम हो ।

बजाजको नयाँ बाइक दुई भेरिएन्ट किक स्टार्ट र सेल्फ स्टार्टमा उपलब्ध रहेको छ । यसको मूल्य क्रमशः ३७ हजार ९९७ र ४४ हजार ३५२ भारु रहेको छ । सो मूल्य एक्स सोरुम दिल्लीको हो ।

अटोमोटिभ रिचर्स एसोसिएसन अफ इन्डियाका अनुसार बजाज सीटी ११० बाइकको माइलेज १०४ किलोमिटर प्रतिलिटर रहेको छ । बजाजको सो बाइक तीन रङमा उपलब्ध रहेको छ ।

नयाँ बाइक बजाजको लाइनअपमा सीटी १०० र प्लाटिना १०० को बीचको सेगमेन्टमा लन्च गरिएको हो । सो बाइकको प्रतिस्पर्धा हिरो मोटोकर्पको एचएफ डिलक्स र टीभीएस स्पोर्ट जस्ता बाइकसँग हुनेछ ।

You might also like

Comments are closed.