पोखरा । बजाज मोटरसाइकले एक्सचेञ्ज अफर ल्याएको छ । यही फागुन २९ देखि चैत ३ गतेसम्म पोखरा सभागृह हलमा एक्चेन्ज अफर सञ्चालन गरिने आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोबाइल प्रालिका प्रवन्धक भगवान बिजुक्छेले जानकारी दिए ।
बजाज एक्चेन्जमा एक्ट्रा अपग्रेडसँगै एक्ट्रा फाइदा, एक्ट्रा भ्यालुएसन, एक्ट्रा बेनिफिट ग्राहकले प्राप्त गर्ने बिजुक्छेले जानकारी दिए । कुनै पनि मोटरसाइकलको प्रचलित बजार मूल्य भन्दा १५ हजार रुपैैयाँ अतिरिक्त थप गरी पुरानो मोटरसाइकल मूल्यांकन गरिने हुँदा ग्राहकलाई राहत हुने उनले बताए ।
‘प्रत्येक नयाँ बजाज खरिद गर्ने ग्राहकलाई ७ हजार रुपैयाँ नगद छुटसँगै हेलमेट, लेगार्ड, ल्यापटप व्याग, बाइक कभर निःशुल्क प्रदान गरिनेछ,’ उनले भने, ‘ग्राहकको हितलाई मध्यनजर गरी फाइनान्सको सुविधा पनि उपलब्ध छ ।’
Comments are closed.