expert

बजाज पल्सर १२५ अर्को महिना लन्च हुँदै, यस्तो छ मूल्य र विशेषता

Beacon

काठमाडौं । बजाजले भारतमा पल्सर १२५ लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले आधिकारिक रुपमा जानकारी नदिए पनि आगामी सेप्टेम्बर महिनामै सो बाइक लन्च हुने बताइएको छ ।

पल्सर १२५ यस सेगमेन्टमा सबैभन्दा पावरफुल बाइक हुनेछ । हाल यो सेगमेन्टमा लोकप्रिय होन्डा साइन र हिरो ग्ल्यामरसँग यसको कडा प्रतिस्पर्धा हुनेछ ।

बाइकमा फ्युल इन्जेक्सनयुक्त १२४.४५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन हुनेछ, जसले १२ एचपी पावर र ११ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ५–स्पिड गियरबक्स हुनेछ ।

बजाजको यस सेगमेन्टमा हाल मजबुत बाइक कुनै पनि छैन । यसले कम्पनीको ब्रान्डिङलाई पनि एक कदम माथि उठाउने अपेक्षा गरिएको छ ।

नयाँ सुरक्षा मापदण्ड अनुसार सो बाइकमा एन्टी लक ब्रेकिङ सिष्टम (एबीएस) अनिवार्य छ । तर यसमा एबीएस हुने छैन । यद्यपि यसमा सेफ्टीका लागि कम्बाइन्ड ब्रेकिङ सिष्टम ९सीबीएस० छ । त्यसैगरी यसको लुक्स पनि स्पोर्टी छ । यसको मूल्य ६५ हजार भारुको आसपास हुने बताइएको छ ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...