बजारमा दैनिक साढे सात करोडको सुन अपुग

काठमाडौं, २७ साउन । राजधानीको न्युरोडस्थित हमाल जेम्स एन्ड ज्वेलर्सले ग्राहकसँग गहना अर्डर नलिएको दुई साता भयो । बजारमा ढिका सुन किन्न नपाएपछि उसले ग्राहकलाई फिर्ता पठाइरहेको छ ।

माग अनुसार बैकबाट सुन नपाउँदा अर्डर लिन नसकेको यसका सञ्चालक दाना हमालले बताइन् । आजको नागरिक दैनिकमा छ ।

‘तज आउन लागकाले गहनाको माग बढ्दो छ,’ उनले भनिन्, ‘बैंकले मागे जति सुन नदिएपछि १५ दिनदेखि अर्डर लिएका छैनौँ ।’ ठुला व्यवसायीले स्टक राखे पनि साना व्यापारी मर्कामा परेको हमाल बताइन् । ‘लगानी गर्न सक्नेले एक—दुई किलो स्टक राख्छन््,’ उनले भनिन्, ‘साना व्यवसायी निकै समस्यामा छौँ ।’

You might also like

Comments are closed.