बजार अनुगमन र व्यवस्थापनमा सक्रिय हुँदै लेखनाथ उद्योग वाणिज्य संघ

पोखरा । लेखनाथ उद्योग जाणिज्य संघले आफ्ना व्यवसायीहरुको हक हितका सवालमा वजार अनुगमन र बजार व्यवस्थापनाका कामलाई अगाडि बढाउने भएको छ । बजारमा विना दर्ताका व्यवसायीहरुले गाडीमा सामान ल्याएर खुल्ला रुपमा बिक्री वितरण गर्दा व्यवसायीहरु मर्कामा परेको भन्दै संघको सक्रियता स्थानीय प्रशासनको सहयोगमा पोके र घुमन्ते फिरन्ते व्यापारलाई नियन्त्रण गर्ने अभियान संचालन गर्ने भएको हो ।

संघले बिहीबार बजार अनुगमन उसमिति र बजार व्यवस्थापन उपसमितिको बैठकले खल्ला रुपमा व्यापार गर्दै आएका र विना दर्ता एवं इजाजत नभएका ब्यापारीको खोजी गरी कारवाहीका लागि प्रशासनमा आग्रह गर्ने निर्णय गरेको हो ।

बजार अनुगन उपसमितिका संयोजक भरतराज ओझाको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बिनोद कुमार श्रेष्ठ, महासचिव गोपीचन्द्र बास्तोला र सहसंयोजक बालकृष्ण तिवारीले दर्तावाल ब्यवसायीको हक हितका सवालमा संघले आवाज उठाउनु पर्नेमा जोड दिएका थिए ।

बजार व्यवस्थापन उपसमितिका संयोजक पदमराज पौडेलको अध्यक्षतामा बसेको बैठकले लेखनाथ नगर क्षेत्रका व्यापारिक केन्द्रको सुन्दरता बढाउन र व्यवसायीबीचको सम्वन्धलाई जिवन्त राख्न लेखनाथ उद्योग वाणिज्य संघले अभिभाकत्वको भूमिका निभाउनु पर्ने सुझाव राखेका थिए ।

You might also like

Comments are closed.