बजेट कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तैः मुख्यमन्त्री गुरुङ

आर्थिक आवाज
पोखरा, १६ जेठ

आर्थिक वर्ष २०७६÷७७ को बजेटलाई आफूले समर्थन गर्न नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिक्रिया दिएका छन् । पोखरामा बिहीबार आयोजित एक कार्यक्रममा बजेटबारे प्रतिक्रिया दिदै उनले बजेट कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको बताए । संघियता विपरित बजेट आएको पनि उनले जनाएका छन् ।

प्रदेश र स्थानीय सरकारलाई पञ्चायतकालको झल्को आउने गरी बजेट आएको उनले बताए । ‘सिंहदरबार गाउँ गाउँमा आएको छ भनिए पनि बजेटमा यस्तो छैन,’ उनले भने, ‘स्रोत र साधन, अधिकार, अवसर, काम गर्ने तरिका तथा शैलीमा पनि समानता छैन ।’

You might also like

Comments are closed.