बतास ब्रर्दशद्वारा खेलाडीलाई बाइक र स्कुटर हस्तान्तरण

पोखरा, २१ असार
नेपाल खेलकुद पत्रकार मंच कास्कीद्वारा आयोजित तेश्रो टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्डका बिजेतालाई बतास ब्रर्दश प्राली नयाँ बजार पोखराले बाइक र स्कुटर हस्तान्तरण गरेको छ । बतास ब्रर्दशले सम्पूर्ण प्रक्रिया पुरा गरे पछि बाइक र स्कुटर खेलाडीलाई हस्तान्तरण गरेको हो ।

बतास ब्रर्दशका सहायक महाप्रवन्धक विश्वमणी भण्डारीले बतास शो रुममा आयोजित एक कार्यक्रमका बिच तेश्रो टिभिएस अपाचे पोखरा स्र्पौट्स आवार्डका बिजेता पुरुष खेलाडी कमल भण्डारीलाई अपाचे मोटरसाइकल र महिला खेलाडी बिमला नेपालीलाई विगो स्कुटर हस्तान्तरण गरेका हुन् ।

सो अबसरमा सहायक महाप्रवन्धक भण्डारीले नेपाल खेलकुद पत्रकार मंच कास्की संग जोडिएर पोखरा स्पोर्टस अर्वाड मार्फत खेलाडीलाई प्रोत्साहन स्वरुप बाइक र स्कुटर प्रदान गर्न पाएकोमा खुसी लागेको बताए । उनले आगामी वर्षहरुमा पनि यस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीले साथ दिने बताए । उनले बिजेता खेलाडी लाई बाइक र स्कुटरको साँचो हस्तान्तरण गरेका थिए ।

सो अबसरमा नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक, बतास ब्रर्दशका चिफ अपरेटिङ अफिसर राजेश रानाभाट, मंचका उपाध्यक्ष दिननाथ बराल, सचिब रन्जन अधिकारी, कोषाध्यक्ष बिजय नेपाल लगाएत अन्य खेलाडी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

नेपाल खेलकुद पत्रकार मंच कास्कीद्वारा आयोजित तेश्रो टिभिएस अपाचे पोखरा स्पोर्टस आवार्ड जेठ १८ गते सम्पन्न भएको थियो । मंचले आगामी वर्ष बाट प्रदेश स्तरिय स्पोर्टस अर्वाड गर्ने अध्यक्ष पाठकले जानकारी दिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...