बन्दिपुरमा मिनि म्याराथन दौड हुने

तनहुँ,२१ पुस

पर्यटन प्रवद्र्धनको उद्देश्यले तनहुँको बन्दिपुरमा मिनि म्याराथन दौड प्रतियोगिता हुने भएको छ । माघे सङक्रान्तिको अवसर पारेर आगामी माघ १ गते बन्दिपुर गाउँपालिकाले मनि म्याराथन आयोजना गरेको हो ।
डुम्रे देखि बन्दिपुरको टुडिखेलसम्म ८ किलोमिटरको दुरिको खुल्ला म्याराथन दौड प्रतियोगिता हुने बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूणसिंहथापाले जानकारी दिए ।

उक्त म्याराथनमा प्रथम हुनले  ४० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार र सन्त्वना ५ हजार पुरस्कार  प्राप्त गर्ने बन्दिपुर गाउँपालिकाका प्रवक्ता भानुभक्त पोख्रेलले जानकारी दिए ।

डुम्रे बजारबाट सुरु हुने म्याराथन बन्दिपुर बजारमा पुगेर सकिनेछ । म्याराथनले बन्दिपुरमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुने लक्ष्य आयोजकले राखेको छ ।

You might also like

Comments are closed.