बन्दीपुर मिनि म्याराथनको उपाधी पुनलाई

तनहुँ, १ माघ
बन्दीपुर गाउँपालिकाले अयोजना गरेको बन्दीपुर मिनि म्याराथनको उपाधी गोर्खाली क्लवका सुजन पुनले हात पारेका छन् । ५२ प्रतिस्पधीलाई पछि पादैँ पुनले ३६ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै उपाधी जितेका हुन ।

त्यस्तै नेपाली सेनामा कार्यरत रामेछापका होमलाल श्रेष्ठले ३७ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै द्धित्तिय स्थान प्राप्त गरेका छन् । त्यस्तै गरी धादिङका हरिकुमार रिमालले ३९ मिनेट २१ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तृतिय स्थान हात पार्न सफल भएका छन । त्यस्तै काठमाण्डौंका भुमिराज राई ३९ मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै सान्त्वना भए ।

प्रतियोगितामा प्रथम , द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ः नगद ४० हजार, २० हजार , १० हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । गाउँपलिकाले बन्दीपुरको पर्यटन प्रवद्र्धनको लागि म्याराथन प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।

प्रतियोगिताको दुरी डुम्रे देखी बन्दीपुरको खड्गदेवी मन्दिर सम्म करिव ९ किलोमिटर रहेको थियो । प्रतियोगितामा विजय धावकलाई कानुन, न्याय तथा संसदिय व्यवस्था मन्त्री भानुभक्त ढकाल पुरस्कृत गरे । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिवहादुर चुमान, तनहुँ क्षेत्र नम्वर एक प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ लगायतले प्रतियोगिताले स्थानीय खेलाडीको मनोबल बृद्धि हुनुका साथै पर्यटन विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.