बन्दूकबाट विप्लव र सत्ताको आडमा ओलीले देश लुटेको काँग्रेस नेता केसीको आरोप

पोखरा, फागुन ३०

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले बन्दूकको नाममा नेकपा (विप्लव) ले र सत्ताको आडमा ओलीले देश लुटेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्लेनमा बोल्दै उनले विप्लव माओवादीले सरकारले प्रतिबन्ध लगाएर देशलाई नयाँ द्वन्द्वमा धकेलेको आरोप लगाएका हुन् । उनले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाए पनि पार्टीमाथि लगाउन प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक पक्रिया भएको बताए । यता, सरकारले भने सत्ताको दुरुपयोग गरेको उनको आरोप छ ।

पूर्व मन्त्री समेत रहेका केसीले भने, जनताको सुरक्षा र स्वतन्त्रता गर्ने दायित्व सरकारको हो कानुन अनुसार विप्लव समूहलाई कारबाही हुनुपर्छ । तर पार्टीमाथि प्रतिबन्ध गर्नुहुदैन ।
उनले विप्लव समूहको गतिविधिमाथि हो वा पार्टीमाथि हो सरकारले स्पस्ट गर्न जरुरी छ भने । उनले विप्लव समूहलाई सरकारले वार्ता र छलफलको माध्यमबाट राजनीतिक मूलधारमा ल्याउनु सक्नु पर्छ ।  सरकारले जेलबाट सिके राउतलाई छुटाएर ११ बुँदे सहमति गर्नु नाटकीय रुप भएको आरोप लगाए ।

उनले भने, सम्झौतामा सिके राउतले प्रधानमन्त्री ओलीलाई प्रयोग गरे । सिके राउतको सहमतिपत्रको विरुद्ध नेपाल विद्यार्थी संघले आन्दोलनको सुरुवातको गरेको बताए ।
केपी नेतृत्वको सरकारले शान्तिसुरक्षा, महँंगी, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप उनको थियो । सरकारले विकास निर्माण, रोजगारी, समृद्धि दिन सकेको छैन, यो सरकार पूर्ण रुपमा असफल भइसक्यो उनले भने ।  वाईडबडीबारे बोल्दै उनले भने, भ्रष्टाचारी जुन पार्टीको भए पनि भ्रष्टाचारी भनेको भ्रष्टाचारी नै हो । त्यसलाई छोड्नुहुदैन ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र संचालन सचिव प्रदीप पौडेलले गरेका थिए ।

You might also like

Comments are closed.