बम बिष्फोट गराउने तीन जना पक्राउ

पोखरा, ९ फागुन । ने.क.पा. माओवादी (बिप्लव समूह)ले घोषणा गरेको नेपाल बन्दका क्रममा विभिन्न ४ स्थानमा बम बिष्फोट गराउने ३ जना पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ बिजयपुर पुल नजिक प्रेसर कुकर बम राखेको सूचनाकोमा आधारमा घटनास्थलको सुरक्षा गर्न प्रहरी टोली उक्त स्थानमा पुग्दा उक्त प्रेसर कुकर बम बिष्फोट हुँदा डिउटीमा रहेका प्रहरी जवान कुल बहादुर खत्री र रिपोटिङका खटिएका रेडियो गण्डकीका स्टेसन म्यानेजर घनश्याम पाण्डे छर्रा लागेर घाइते भएका थिए ।

पक्राउ पर्नेहरुमा पोखरा ३१ बस्ने ने.क.पा. कम्यूनिष्ट पार्टी बिप्लव समूहका जनसरकार प्रमुख वर्ष ५८ का जगन भन्ने नन्द प्रसाद तिवारी, पोखरा १८ सराङकोट बस्ने अखिल नेपाल क्रान्तिकारी किसान संघ कास्कीका जिल्ला अध्यक्ष वर्ष ६५ का पुष्प कार्की र पोखरा २५ नयाँगाउँ बस्ने अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका वर्ष ४० का खड्क बहादुर राई रहेको प्रहरीले जनाएको छ ।

घटनामा संग्लन भएको आरोपमा उनीहरुलाई पक्राउ गरी बिष्फोटक पदार्थ मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.