पोखरा ।
पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले नेपालीहरुको महान चाड बडादशैँको अवसरमा बरदान दशैं उत्सव कार्यक्रम सुरु गरेको छ । असोज ११ गतेदेखि कार्तिक ६ गतेसम्म जारी रहने उत्सवमा ग्राहकले ३० प्रतिशतसम्म छुट र विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् ।

एक हजार रुपैंया भन्दा बढी सामान खरिदकर्तालाई स्टोरले अर्डरकोड उपलब्ध गराउनेछ । त्यसै कोडमार्फत लक्की ड्रमार्फत विजेता छनोट गरिने कार्यकारी प्रमुख सञ्जीव पौडेलले जानकारी दिए । लक्की ड्र बाट प्रथम हुनेले खसी उपहार प्राप्त गर्नेछन् । यस्तै, दोस्रो पुरस्कार वापत चितवनको बाराही जंगल रिसोर्टको तर्फबाट २ दिन १ रातको कपल स्टे वीथ डिन्नर, तेस्रो पुरस्कार जित्नेले सराङकोट माउण्टेन लजबटा २ दिन १ रातको कपल स्टे वीथ डिन्नर, चौथो पुरस्कार जित्नेले पाँच हजार रुपैंया बराबरको ब्यञ्जन रेष्टुरेन्टमा फुड कुपन प्राप्त गर्नेछन् ।
यस बाहेक बरदान दशैँ उत्सवको उपहारमा ५० जनाले हरेक हप्ता ५ सय रुपैंया बराबरको बरदान अनलाइन स्टोरको गिफ्ट भौचर पाउनेछन् । दशैं उत्सवको समाप्तिपछि दोस्रो ठूलो चाड तिहारको अवसरमा पनि अर्को अफरका साथ कार्यक्रम गरिने कार्यकारी प्रमुख पौडेलले जनाए ।
स्टोरका प्रबन्ध निर्देशक वैभव पौडेलले कोरोना महामारीका बीच नेपालीको महान चाडको अवसरमा ग्राहकको जीवनमा खुशी ल्याउन उत्सव ल्याएको बताए। उनले भने, ‘दशैंका बेलामा आशा थप्नका लागि आकर्षक पुरस्कार लिएर आएका हौं ।’
ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै आउने निर्देशक पौडेलले बताए ।
Comments are closed.