बहुउद्देश्यीय सहकारीकर्मीलाई सम्पत्ती सुद्धीकरण अभिमुखीकरण

पोखरा, १६ असार ।

सम्पत्ती सुद्धीकरण निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को आयोजनामा शनिबार एक दीवसीय कार्यक्रम भएको हो । तालिमको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि संघका अध्यक्ष सुरेन्द्र भण्डारीले नेपालको सहकारी क्षेत्रमा बहुउद्देश्यीय सहकारीको योगदान महत्वपूर्ण रहेको बताए ।

prime

संघका सञ्चालक तथा प्रदेश संयोजक सुरेन्द्रमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक डिल्लीराम तिवारीले बहुउद्देश्यीय सहकारीलाई सबैक्षेत्रबाट प्रहार भइरहेको बताउँदै सहकारीकर्मीबीच एकता आवश्यक रहेको धारणा राखे ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)का सञ्चालक तथा प्रदेश संयोजक भीम गुरुङले सहकारी ऐन र निर्देशिकाको पालना सबैले गर्नुपर्ने बताए । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सानो सानो रकमलाई सहकारीले संकलन गरी वित्तीय बजारलाई सहयोग गरेको बताए ।

कार्यक्रममा प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक निरु थापाले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन राष्ट्रिय सहकारी बैंकका पोखरा शाखा प्रवन्धक केदारनाथ उप्रेतीले गरेका थिए । नेपाल राष्ट्रबैंकका डेपुटी डाइरेक्टर हरि कुमार नेपालले अभिमुखीकरणको सहजीकरण गरेका हुन् ।

You might also like

Comments are closed.