बहुप्रतिक्षित रेनो क्याप्चर पोखरामा, बुकिङ खुल्ला

पोखरा, १६ जेठ ।

रेनो ब्राण्डको बहुप्रतिक्षित एसयुभी क्याप्चरको पोखरामा बिक्री शुभारम्भ गरिएको छ । पोखरा क्षेत्रको आधिकारिक बिक्रेता जोन्छे ट्रेडर्स प्रालि पोखराले क्याप्चरलाई पोखरामा भित्र्याएको हो । विशाल ग्रुप अन्तर्गतको कम्पनी एड्भान्स अटोमोबाइल प्रालि रेनोका लागि नेपालको आधिकारिक बिक्रेता हो । क्याप्चरको बुधबार नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले एक कार्यक्रमका बीच बिक्री शुभारम्भ गरेका हुन् ।

क्याप्चरलाई पोखरा लगायत देशभर बुकिङ खुल्ला गरिएको प्रालिका निर्देशक नुरज बाटाजूले जानकारी दिए । ‘नेपाली बजारमा आएको रेनो क्याप्चर नयाँ प्रिमियम फिचर सहित आफ्नो सेग्मेन्टमा अब्बल छ,’ उनले भने, ‘आकर्षक डिजाइन सहितको रेनो क्याप्चर यो सेग्मेन्टमा गेम चेन्जरको रुपमा छ ।’ पूर्ण स्टनिङ डिजाइन सहितको एसयुभी रेनोको ग्लोबल डिजाइन हो । क्याम्चरमा आकर्षक दोहोरो कलर दिइएको छ । रेनो क्याप्चरको मूल्य ४५ लाख ६३ हजार रुपैयाँबाट ६३ लाख ३८ हजार रुपैयाँसम्म पर्छ ।

यो प्रिमियम एसयुभी प्रिमियम फिचरसहित आएकोे प्रालिका अध्यक्ष राजेन्द्र कुमार बाटाजूले बताए । ‘रेनो क्याप्चरमा एलइडी हेड्ल्याम्प, टेललाइट र डिएलआर लाइट लगाइएको छ,’ उनले भने, ‘अन्य फिचरमा फुल्ली अटोमेटिक टेम्पोरेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट, स्टेरिङ ह्वील कन्ट्रोल, कि लेस एन्ट्री, पुस बटन र अटो क्लाईमेट जस्ता फिर्चस छन् ।’

रेनो क्याप्चर दुई इन्जिनमा उपलब्ध छन् । यसमा १.५ लिटर द लिजेन्ड्री के ९ के डिजेल इन्जिन दिइएको छ । यसले ११० पीएस पावरमा २४० एनएम टर्क प्रदान गर्नेछ । एच ४ के १.५ लिटर पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्ने निर्देशक अनिल मल्लले जानकारी दिए । ‘रेनो क्याप्चर पूर्ण सुरक्षाको फिचर सहित आएको छ,’ उनले भने, ‘यसको पर्फमेन्स अकल्पनीय छ । सुरक्षाको लागि कुनै किसिमको सम्झौता गरिएको छैन ।’

क्याप्चरमा स्टेट अफ आर्ट टेक्नोलोजी अन्तर्गतको क्रुज कन्ट्रोल, स्पिड मिटर र सटेरिङ ह्वाइल कन्ट्रोल दिइएको छ । यसको अलावा डियुल एयर व्याग र एबिएस, इबिडी, ब्रेक एसिस्टेन्स् जस्ता सुरक्षा फिचर रहेको मल्लले बताए । ‘रेनो विश्वमै लोकप्रिय ब्राण्ड हो । भारतीय बजारको सफलतापछि हामीले यो सफल कारलाई नेपालमा ल्याएका हौं,’ मल्लले भने, ‘आफ्नो सेग्मेन्टमा यो कार निकै चर्चित, लामो र फराकिलो छ ।’

रेनो क्याप्चरले भारतीय बजारमा निकै ठूलो सफलता पाइसकेको छ । नेपाली बजारमा पनि यसले त्यस्तै सफलता दोहो¥याउने कम्पनीको विश्वास छ । रेनो क्याप्चरले अटोमोबाइल बजारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको अध्यक्ष बाटाजूले बताए । ‘एसयुभी नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ, हामीलाई विश्वास छ हाम्रो योजना मुताविक नेपाली बजारमा क्यापचरले एउटा विशेष स्थान बनाउने छ,’ उनले भने ।

You might also like

Comments are closed.