बहुप्रतिक्षित सामसुङ ग्यालेक्सी नोट ९ को बुकिङ सुरु

पोखरा, १० भदौ । सामसुङ कम्पनीको नयाँ उत्पादन सामसुङ ग्यालेक्सी नोट–९ नेपाली बजारमा बुकिङ सुरु भएको छ । दक्षिण पश्चिम एशिया क्षेत्रका लागि गत बुधवार भारतको राजधानी नयाँ दिल्लीमा नोट ९ को सार्वजनिक गरिएको हो । नेपाली बजारमा आगामी शुक्रबारबाट सामसुङ नोट ९ को बिक्री सुरुवात हुनेछ । पोखरामा पनि सामसङु नोट ९ को बुकिङ धमाधम भइरहेको आधिकारिक बिक्रेता वल्ड वाइड कनेक्सनका प्रवन्ध निर्देशक सुशील गुरुङले जानकारी दिए ।

यसमा रहेको ब्याट्री दिनभर कुरा गर्न, गेम खेल्न, बिहानदेखि रातीसम्म फिल्म हेर्न पर्याप्त हुन्छ । यसले गर्दा दिनमा ब्याट्री चार्ज गर्नुपर्ने झन्झटबाट यसका उपभोक्तालाई मुक्ति मिल्छ । त्यस्तै वायरलेस चार्जिङ सिष्टमको सुविधा पनि यसमा छ ।

ग्यालेक्सी नोट–९ मा आन्तरिक भण्डारण क्षमता १ सय २८ जीबी, माइक्रोएसडी कार्डका साथै फोटो, भिडियो र एप्सलगायत सामग्री राख्नका लागि १ टीबी ठाउँ छ । १० एनएम प्रोसेसर र नेटवर्कलाई अझ तीव्र वनाउने प्रविधि भएको हुँदा यो एकदमै शक्तिशाली स्मार्ट फोन पनि हो ।

नोट ९ सँगै ब्ल्यूटुथ कनेक्टिभिटी रहेको यसको एस पेनले रिमोटले जस्तै परबाटै सेल्फी खिच्न सक्छ । त्यस्तै, एचडीएमआई केबलको सहायताले नोटलाई डेस्कटपसँग जोडी चलाउन पनि सकिन्छ ।

यो फोनले प्रयोगकर्तालाई गुणस्तरहीन फोटो चिनी गुणस्तरीय मात्रै राख्नका लागि मद्दत पनि गर्दछ । फोटो राम्रो नआएमा त्यसको तुरुन्तै सूचना आउँछ । कम वा बढी प्रकाश भएको अवस्थामा होस, यसले एकदमै स्पष्ट र सफा फोटो खिच्ने गर्दछ । ग्यालेक्सी नोट–९ नेपाली बजारमा आगामी शुक्रबारदेखि उपलब्ध हुनेछ । यसको मूल्य रू. १ लाख ९ हजार ९ सय रुपैयाँ छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...