बागमतीमा थपिए एक लाख २९ हजार सवारीसाधन

काठमाडौं, ८ भदौ । बागमती अञ्चलमा एकै वर्षमा एक लाख २९ हजार सवारीसाधन थपिएका छन् । यातायात व्यवस्था विभागका अनुसार आर्थिक बर्ष २०७४र७५ मा बागमती अञ्चलमा एक लाख २९ हजार ५ सय ५७ सानाठूला सवारीसाधन भित्र्याइएका हुन् । यो खबर आजेको नागरिक दैनिकमा छ ।

काठमाडौं उपत्यकामा वर्षेनि अत्याधिक मात्रामा सवारीसाधन भित्र्याउने क्रम बढेसँगै ट्राफिक जाम बढ्न थालेको छ ।

बागमती अञ्चलमा गत आवमा एक लाख ४ हजार ४ सय ४४ मोटरसाइकल र सानाठूला सवारी २५ हजार १ सय १३ थपिएका हुन् ।

आव २०७३र७४ मा बागमती अञ्चलमा एक लाख २० हजार सवारीसाधन दर्ता भएका छन् । त्यसभन्दा अघिल्लो बर्ष भने ७२ हजार सात सय ३३ सवारीसाधन दर्ता भएका थिए ।

You might also like

Comments are closed.