बागलुङ समाज पोखरा बचतमा कमला गिरी

पोखरा, २४ पुस । बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी लिमिटेडको अध्यक्षमा महिला उद्यमी कमला गिरी सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार सम्पन्न विशेष साधारणसभाले सहकारीको नयाँ नेतृत्व चयन गरेको हो ।

सहकारीको उपाध्यक्ष बालकृष्ण निउरे, सचिव हिमलाल गौतम, कोषाध्यक्ष नारायणप्रसाद शर्मा निर्वाचित भएका छन् । सदस्यमा लक्ष्मी शर्मा निउरे, दीपक कुमार थापा, रविन कुमार श्रेष्ठ, गीता विक, टीकाराम आचार्य निर्वाचित भए । लेखा समिति संयोजक थानेश्वर पौडेल, सदस्यमा रमेशकुमार रेग्मी र बलराम शर्मा निर्वाचित भएको अध्यक्ष गिरीले जानकारी दिइन् ।

You might also like

Comments are closed.