बागलुङ समाज पोखरा सहकारीको वार्षिकोत्सवमा मानवसेवा आश्रमलाई सहयोग

पोखरा । बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाले छैटौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार मानवसेवा आश्रम पोखरालाई सहकारीका तर्फबाट सहयोग हस्तान्तरण गरिएको अध्यक्ष कमला गिरीले जानकारी दिइन् ।

नगद १५ हजार रुपैयाँ र १६ हजार ५ सय रुपैयाँ बराबरको वालफेन हस्तान्तरण गरिएको उनले बताइन् । ‘सामाजिक काम गरेर वार्षिकोत्सव मनाउने क्रममा मानवसेवा आश्रमलाई सहयोग गरिएको हो,’ उनले भनिन् । सहकारीमा ३ सय ८२ जना सेयर सदस्य छन् । सहकारीले विगत वर्षहरुमा पनि सामाजिक काम गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.