बाघको आक्रमणमा २ जना घाईते

पोखरा, २५ बैशाख
पोखरा महानरपालिका ३० शिशुवा चोक र त्रित्याङ चोकमा बाघ को आक्रमणमा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा सुनसरिको धरान घर भई हाल पोखरा महानगरपालिका ३० शिशुवा बस्ने ४५ बर्षिय टिका बहादुर लिम्बु र पोखरा महानगरपालिका ३० बस्ने  ५७ बर्षिय राधिका आचार्य घाईते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि लेखनाथ सिटि अस्पताल पठाईएको थियो । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई वन कार्यालयलाई जानकारी गराई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ जनाईएको छ ।

You might also like

Comments are closed.