बाटुलेचौरमा फलफुलका सयवटा विरुपा रोपियो

पोखरा, २६ साउन ।

लायन्स क्लब अफ पोखरा पिस चौतारीको आयोजनामा पोखरा १६ बडहरबोट बाटुलेचौरमा वृक्षरोपण कार्यक्रम भएको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गरिएको क्लबका डा. भवानी शंकर पौडेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले वृक्षरोपणले पर्यावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए । सिनियर एओजी विशेश्वर आचार्य, एनएलएफ डेपुटी चिफ विनोद ढुङगाना, एडभाइजर दुर्गाप्रसाद हुमागाईं, रिजन चियरपर्सन डोलराज पोखरेल, जोन चियरपर्सन पवित्रराज तिवारी, क्लबका पूर्व अध्यक्ष मेघनाथ काफ्ले, लियो निकेश थापा लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष डा. भवानी शंकर पौडेलको सभापत्विमा आयोजित कार्यक्रमको संयोजन निरबहादुर थापाले गरेका थिए । कार्यक्रम सञ्चालन सचिव बिनायक रंजितले गरेका थिए । कार्यक्रममा विभिन्न जातका फलफुलका करिब १ सय वटा विरुवा रोपिएको कार्यक्रम संयोजक थापाले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.