बाबु आमा दुबै गुमाएका नाबालकलाई सहयोग

 

पोखरा, १ साउन ।

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा असार २२ गते शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौषम घर्ती मगर र जीतमाया घर्ती मगरका नाबालक छोरालाई लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेजले सोमवार २० हजार १० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

रोल्पाको थवाङ गाउँपालिका वडा नं १ फुर्तीवाङ स्थायी बसोवास भई कामको सिलसिलामा मुस्ताङ पुगेका घर्तीमगर दम्पत्तीको मृत्यु भए पछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका छोराहरू १२ वर्षीय विवश र ६ वर्षीय विशेषनलाई कोठामा नै पुगी क्लबका तर्फबाट अध्यक्ष पवित्रा न्यौपानेले उक्त सहयोग हस्तान्तरण गरेकी हुन् ।

महिला मात्रको सो क्लबले एक आपसमा संकलन गरि जुटाइएको उक्त रकम सहयोग गरिएको क्लबका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक कञ्चन थापाले जानकारी दिईन् ।

लायन्सहरूले आपत् विपत्मा परेका सर्वसाधारणलाई सहयोग गर्दै समाजिक सेवामा समर्पित रहदै आएको बताउँदै लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक बी १ का क्षेत्रीय अध्यक्ष शिवराज आचार्यले नावालकका लागि गरिएको सहयोग सहनीय भएको बताए ।

नावालकका लागि गरिएको सहयोग प्रति रोल्पा पोखरा सम्पर्क समाजका सल्लाहकार आशमान रोक्काले आभार व्यक्त गर्दै नावालकहरुको भविष्यप्रति सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए ।

हस्तान्तण समारोहमा क्लबका उपाध्यक्ष पद्मा शर्मा, सचिव लक्ष्मी न्यौपाने, कोषाध्यक्ष कविता गुरुङ, लगायत क्लबका पदाधिकारी एवम् सदस्यको उपस्थिति रहेको थियो ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...